मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

जोर्डनविरूद्ध अल्जेरियाको जित

setopati.com · Tue Jun 23 05:52:51 GMT 2026

फिफा विश्वकप २०२६ अन्तर्गत अल्जेरियाले जोर्डनलाई पराजित गरेको छ।

मंगलबार बिहान भएको खेलमा अल्जेरियाले जोर्डनलाई २-१ गोलले पराजित गरेको हो।

सान फ्रान्सिस्कोमा जोर्डनविरूद्ध जित निकाल्दै अल्जेरियाले नकआउट प्रवेश गर्ने सम्भावना जिवितै राखेको हो।

खेलको ३६ मिनेटमा निजार अल रसदानले गोल गरेपछि पहिलो हाफमा जोर्डन १-० गोलले अग्रता लिएको थियो।

दोस्रो हाफको ६९ मिनेटमा नधिर बेनबुआलीले अल्जेरियाका लागि बराबरी गोल फर्काए। ८२ मिनेटमा एमिन जिओरीले गरेको गोल निर्णायक बन्दा अल्जेरिया २-१ गोलले विजयी भएको हो।

जितसँगै अल्जेरियाले समूह जीको दोस्रो स्थानमा रहेको अस्ट्रियासँग समान ३ अंक बनाएको छ।

दुवै खेल जितेको अर्जेन्टिना ६ अंक जोड्दै नक आउट चरणमा प्रवेश गरिसकेको छ। अब अन्तिम खेलबाट अस्ट्रिया र अल्जेरियामध्ये एउटा टोली नकआउट प्रवेश गर्नेछ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)

सम्बन्धित विषय