मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कृषकको आम्दानी बढाउन ‘कृषि एम्बुलेन्स’

annapurnapost.com · Tue Jun 23 05:48:27 GMT 2026

धादिङ : धादिङको नीलकण्ठ नगरपालिकाले कृषकले उत्पादन गरेका कृषि तथा पशुजन्य उपजको सहज संकलन तथा बजारीकरणका लागि ‘कृषि एम्बुलेन्स’ सञ्चालनमा ल्याएको छ । नगरपालिकाको वडा नम्बर–८ सहित नगर क्षेत्रभित्रका कृषकबाट उत्पादित तरकारी, फलफूल, दूध, मासु लगायत कृषि तथा पशुजन्य वस्तु संकलन गरी बजारसम्म पुर्‍याउने उद्देश्यले आकुरा कृषि तथा पशुपंक्षी सहकारीमार्फत एक गाडी र एक स्कुटर खरिद गरिएको छ ।

वडा अध्यक्ष प्रकाश श्रेष्ठका अनुसार खरिद गरिएका सवारी साधन कृषक बजार कार्यक्रममार्फत नियमित रूपमा सञ्चालन गरिने छ । यसले कृषकले उत्पादन गरेको उपज घरदैलोबाट संकलन गरी उपभोक्तासम्म पु¥याउन सहज हुने विश्वास लिइएको छ । कृषि एम्बुलेन्स सञ्चालनसँगै कृषकले उत्पादन बिक्रीका लागि बजार खोज्नुपर्ने समस्या कम हुने ढुवानी खर्च घट्ने तथा ताजा कृषि उपज उपभोक्तासम्म पुग्ने अपेक्षा गरिएको छ ।

नगरपालिकाले यस कार्यक्रमलाई कृषकको आम्दानी वृद्धि र स्थानीय उत्पादनको प्रवद्र्धनसँग जोडेर अघि बढाएको जनाएको छ ।

स्थानीय कृषकहरूले कृषि एम्बुलेन्स सञ्चालन भएपछि उत्पादनको उचित मूल्य पाउन र बजार पहुँच विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । नगरपालिकाको यो पहलले कृषि व्यवसायलाई थप व्यवस्थित, व्यवसायिक र प्रतिस्पर्धी बनाउन टेवा पुग्ने अपेक्षा गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)