डिपोमा थन्कियो साढे ११ करोडको काठ, प्रदेशको राजस्व ३१ करोडबाट खुम्चिएर १० करोडमा सीमित
ratopati.com · Tue Sep 15 05:07:26 GMT 2026

विराटनगर । कोशी प्रदेशका सरकारी तथा सामुदायिक वनहरूमा काठ दाउराको उत्पादन वर्षौंदेखिको औसतभन्दा निकै माथि पुगेर ऐतिहासिक रेकर्ड बनाइरहँदा वन पैदावार बिक्री भने सोही अनुसार नभएको पाइएको छ । वनमा काठको पर्याप्त उत्पादन र सम्भावना हुँदाहुँदै पनि स्वदेशी काठ बजारमा प्रतिस्पर्धी बन्न नसक्दा डिपो तथा घाटगद्दीहरूका काठ कुहिने सम्भावना बढेको छ ।
काठ समयमै बिक्री हुन नसक्दा प्रदेश सरकारको आन्तरिक राजस्व सङ्कलन पनि प्रभावित हुँदै आएको छ । एकातिर स्वदेशी वन स्रोत वनमै कुहिएर खरानी भइरहेको छ भने अर्कोतिर काठको विकल्पका रूपमा प्लास्टिक, आल्मुनियम र युपीभीसीलगायत आयातित सामग्रीको बजार तीव्र गतिमा विस्तार भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)