समावेशिताको अभ्यासमा कांग्रेस नै अगाडि छ: सहमहामन्त्री राणा
gorkhapatraonline.com · Sat May 30 10:30:18 GMT 2026

नेपाली कांग्रेसका सहमहामन्त्री उदयशमशेर राणाले अन्य राजनीतिक दलको तुलनामा नेपाली कांग्रेस सबैभन्दा बढी समावेशी रहेको दाबी गर्नुभएको छ ।
नेपाल थारु संघको प्रथम महाधिवेशनलाई शनिबार सम्बोधन गर्दै उहाँले पार्टीको नीति र संरचनाले थारु समुदायलाई उच्च प्राथमिकता दिएको बताउनुभएको हो । नेपाल थारु संघलाई कांग्रेसको सबैभन्दा कान्छो भ्रातृ संगठनका रूपमा चिनाउँदै सहमहामन्त्री राणाले छोटो अवधिमै सबै जिल्ला अधिवेशनहरू सफलतापूर्वक सम्पन्न हुनु गौरवको विषय भएको उल्लेख गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)