मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सुनचाँदीको मूल्य घट्यो

arthadabali.com · Tue Jun 23 06:02:59 GMT 2026

काठमाडौँ / सोमबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ । सुन प्रतितोला रु एक हजार ६०० ले घटेको छ भने चाँदी रु १४० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु दुई लाख ८७ हजार १०० र चाँदीको मोल रु चार हजार ५९० निर्धारण भएको छ ।

हिजो सोमबार एक तोला सुन रु दुई लाख ८८ हजार ७०० मा कारोबार भएको थियो भने एक तोला चाँदी रु चार हजार ७३० मा खरिदबिक्री भएको थियो ।

त्यसैगरी, गत आइतबार एक तोला सुन रु दुई लाख ८७ हजार ३०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ६९० मा किनबेच भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔँस सुन चार हजार ११९ अमेरिकी डलरमा खरिद बिक्री भइरहेको छ ।

सम्बन्धित विषय:

# सुनचाँदी

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)

सम्बन्धित विषय