मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रेड्क्रस हिजो र आज

rajdhanidaily.com · Mon May 08 23:29:06 GMT 2023

विश्व प्रसिद्ध कर्मयोगी रेड्क्रस अभियानको संस्थापक जाँ हेनरी ड्युनाले इटालीको सल्फेरिनामा सन् १८५९ मा इटाली, फ्रान्स र अस्ट्रेलियामा भएको युद्धमा इतिहासको एउटा सबैभन्दा विभत्स मानव हत्याको भयावह दृश्य देखेपछि ड्युनाको मनमा मानवताको पुकार गुञ्जन थाल्यो र उनले सन् १८६२ मा फ्रेन्स भाषामा ‘सल्फेरिनाको स्मृति’ नामक पुस्तक प्रकाशन गरी सबै देशमा एक स्वयंसेवी उद्धार संस्थाको आवश्यकता रहेको र त्यस्तो संस्थालाई अन्तर्राष्ट्रिय सन्धि सम्झौताद्वारा मान्यता प्रदान गरिनुपर्नेजस्ता दूददृष्टि परिकल्पनाका प्रस्ताव विश्वसामु प्रस्तुत गरे जसले विश्वमा ठूलो चर्चा पायो र वास्तविकताको बाटोसमेत देखायो ।

ड्युनाले सन् १८६३ मा आफ्ना चार सहयोगीसँग मिलेर घाइतेहरूका उद्धारका निमित्त अन्तर्राष्ट्रिय समितिको नाउँबाट स्थापना भएको रेडक्रसले सन् १८७५ मा आएर रेड्क्रसको अन्तर्राष्ट्रिय समिति आईसीआरसीको नामबाट आजसम्म पनि विश्वभरि क्रियाशील रहेको छ । विश्व रेड्क्रस अभियानका अंगहरूमा रेड्क्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघ जेनेभा, महासन्धिमा हस्ताक्षर गर्ने राष्ट्रहरू कुनै पनि राष्ट्रमा रेड्क्रस स्थापना गर्न त्यस देशको सरकारले जेनेभा महासन्धिमा हस्ताक्षर गर्न, अनिवार्य छ र अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएकालाई रेड्क्रसको अन्तर्राष्ट्रिय समिति र अन्तर्राष्ट्रिय महासंघलाई संयुक्त राष्ट्रसंघको महासभामा पर्यवेक्षकको हैसियत प्रदान गराई अन्तर्राष्ट्रिय रेड्क्रस आयोजनाका सात आधारभूत सिद्धान्त मानवता, निष्पक्षता, तटस्थता, स्वाधीनता, ऐच्छिक सेवा एकता, विश्व व्यापकता छन् । यसैका आधारमा रेड्क्रसका गतिविधि तथा काम गर्ने तौरतरिकाहरू निर्देशित हुन्छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)