एलपीएल क्रिकेट : घोडाघोडी र शुक्लाफाँटा विजयी
ekantipur.com · Tue Dec 05 16:48:25 GMT 2023
धनगढी — फाप्ला क्रिकेट मैदानमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) मंगलबार कैलालीको घोडाघोडी क्रिकेट एकेडेमी र कञ्चनपुरको शुक्लाफाँटा ब्ल्याकबक्स फाउन्डेसन टिम विजयी भएका छन् ।
समूह ‘सी’ को घोडाघोडीले सुदूरपश्चिमाञ्चल एकेडेमीलाई ४ विकेटले हरायो । सुदूरपश्चिमको यो दोस्रो हार हो । १ सय ११ रनको लक्ष्य घोडाघोडीले १६.५ ओभरमा ६ विकेट गुमाई पूरा गर्यो । ओपनर विपिन विक्रम शाहीले ३१, सञ्जय बोहराले २२ र कृष कार्कीले २० रन बनाए । सुदूरपश्चिमका वीरेन्द्र चन्द र पारस सुनारले २–२, सौर्य श्रेष्ठ र निशान रेग्मीले १–१ विकेट लिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)