मनाङबाट ४६ विद्यार्थीले एसइई दिने
deshsanchar.com · Mon Mar 17 17:15:21 GMT 2025

मनाङ –मनाङमा ४६ विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने भएका छन्। यही चैत ७ गतेदेखि हुने परीक्षाका लागि जिल्ला सदरमुकाम चामेमा रहेको लोकप्रिय माविलाई परीक्षा केन्द्र तोकिएको छ।
जिल्लाका चार स्थानीय तह भए पनि नार्पाभूमि गाउँपालिकाबाट कुनै पनि परीक्षार्थी नरहेकाले तीनवटा पालिकाको बीचमा पर्ने लोकप्रिय माविलाई परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख धु्रवप्रसाद कोइरालाले जानकारी दिए। परीक्षामा नियमिततर्फ ४१ र ग्रेड वृद्धितर्फ पाँच परीक्षार्थी सहभागी हुने उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)