"१० अर्बको राहदानी घोटाला !कर्मचारीमाथि मुद्दा, तर आरजु किन बाहिर? अब बालेनले के कदम चाल्लान्?"
barnanmedia.com · Tue Jun 23 06:04:20 GMT 2026

नेपालको बहुचर्चित राहदानी छपाइ तथा प्रणाली व्यवस्थापन प्रकरण मा अख्तियारले १० अर्बभन्दा बढी रकमको भ्रष्टाचार भएको ठहर गर्दै १८ जनाविरुद्ध मुद्दा दायर गरेको छ। तर यस प्रकरणमा व्यापक रूपमा नाम जोडिएकी पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा लाई भने प्रतिवादी नबनाइएपछि नयाँ विवाद चुलिएको छ।
अख्तियारले राहदानी विभागका उच्च अधिकारी र ठेक्का प्रक्रियासँग जोडिएका व्यक्तिमाथि मुद्दा चलाए पनि विभागीय मन्त्री रहेकी आरजुको फाइल भने ‘थप अनुसन्धान’ भन्दै अलग राखिएको छ। यसले “कर्मचारीमाथि कारबाही, राजनीतिक नेतृत्वलाई उन्मुक्ति?” भन्ने प्रश्न उठ्न थालेको छ।
अनुसन्धानका क्रममा आरजुलाई बयानका लागि बोलाइएको भए पनि उनी उपचारको कारण देखाउँदै उपस्थित नभएको बताइएको छ। यता सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म ‘ठूला माछा जोगाइयो कि?’ भन्ने बहस तीव्र बनेको छ।
यसैबीच प्रधानमन्त्री बालेन्द्र शाह ले सार्वजनिक कार्यक्रममा अख्तियारलाई आवश्यक परे “५ वर्षसम्म पनि केरकार गर्न तयार” रहेको अभिव्यक्ति दिएपछि अब भ्रष्टाचारका ठूला फाइलहरूमा थप कडा कदम चालिने संकेतका रूपमा हेरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
बालेन शाह