गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम
rajdhanidaily.com · Tue Sep 15 05:24:37 GMT 2026

काठमाडौं । अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् श्री गणेशको पूजा आराधना गर्न आज बिहानैदेखि राजधानीलगायत देशका मुख्य मुख्य भागमा भक्तजनको लाम लागेको छ ।
सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेश लगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउन बिहानैदेखि भक्तजनको लाम लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)