मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अल्जेरियासँग पराजित हुँदै जोर्डन विश्वकपबाट बाहिरियो

newsofnepal.com · Tue Jun 23 06:10:38 GMT 2026

काठमाडौं ।

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा अल्जेरियासँग २–१ ले पराजित भएपछि नवप्रवेशी जोर्डन समूह चरणबाटै बाहिरिएको छ। खेलमा जोर्डनले ३६औं मिनेटमा निजार अल रशदानको गोलबाट अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन।

अल्जेरियाका नाधीर बेनबोउलीले ६९औं मिनेटमा बराबरी गोल गरे भने ८२औं मिनेटमा अमाइन गौइरीले विजयी गोल गर्दै टोलीलाई महत्वपूर्ण जित दिलाए। जितसँगै अल्जेरियाले नकआउट चरण पुग्ने सम्भावना कायम राखेको छ भने जोर्डन अंकविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)

सम्बन्धित विषय