उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेपछि एमालेले बोलायो बैठक, सरकारविरुद्ध प्रतिवादको तयारी
bishowkhabar.com · Tue Jun 23 06:13:27 GMT 2026

काठमाडौं– नेकपा (एमाले)ले आज संसदीय दल र सचिवालय बैठक बोलाएको छ ।
एमाले संसदीय दलको बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।
त्यसपछि साँझ ६ बजे अध्यक्ष केपी शर्मा ओलीको गुन्डुस्थित निवासमा सचिवालय बैठक आयोजना गरिएको एमालेले जनाएको छ ।
हिजो सुर्खेतबाट उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका छन् ।
उनको पक्राउविरुद्ध एमालेले खरो प्रतिवाद गर्ने बताएको छ ।
प्रतिक्रिया दिनुहोस्
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)
काठमाडौँ
नेपाल कम्युनिष्ट पार्टी (एमाले)