सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
shilapatra.com · Tue Jun 23 06:10:00 GMT 2026

सोमबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ । सुन प्रतितोला एक हजार ६ सय रुपैयाँले घटेको छ भने चाँदी १४० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ८७ हजार १ सय रुपैयाँ र चाँदीको मोल चार हजार ५९० रुपैयाँ निर्धारण भएको छ ।
हिजो सोमबार एक तोला सुन दुई लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने एक तोला चाँदी चार हजार ७३० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
त्यसैगरी, गत आइतबार एक तोला सुन दुई लाख ८७ हजार ३०० र त्यति नै परिमाणको चाँदी चार हजार ६९० रुपैयाँमा किनबेच भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔँस सुन चार हजार ११९ अमेरिकी डलरमा खरिद बिक्री भइरहेको छ ।
प्रकाशित मिति: मंगलबार, असार ९, २०८३
११:५५
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)
सुनचाँदी