मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रोनाल्डोको शानदार ह्याट्रकिमा युनाइटेड विजयी

ratopati.com

क्रिस्टियानो रोनाल्डाले १४ वर्षमा म्यानचेस्टर युनाइटेडका लागि पहिलो ह्याट्रिक गरेपछि टोटनह्याम हटस्पर्स ओल्ड ट्राफोर्डमा पराजित भएको छ । शनिबार राति भएको खेलमा युनाइटेड ३-२ गोलले विजयी भएको हो । रोनाल्डोले पछिल्लोपटक सन् २००८ को जनवरीमा युनाइटेडका लागि न्युक्यासलविरुद्ध ह्याट्रिक गरेका थिए ।

पोर्चुगिज खेलाडीले खेलको १२ औँ मिनेटमा नै उत्कृष्ट गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । तर, ३५ औँ मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरी गरे । त्यसको तीन मिनेटपछि नै रोनाल्डोले जोडन सान्चोको पासमा गोल गर्दै युनाइटेड पुनः अग्रता दिलाए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)