मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एकतापछि संगठनात्मक अराजकता

annapurnapost.com · Tue Sep 21 06:28:00 GMT 2021

काठमाडौं : नेकपा माओवादी केन्द्रसँग एकतापछि संगठनात्मक अराजकता संस्थागतरुपमा भित्रिएको एमालेले निश्कर्ष निकालेको छ। महासचिव ईश्वर पोखरेलद्वारा प्रस्तुत गरिएको संगठनात्मक प्रतिवेदनमा माओवादीसँग एकतापछि पार्टीमा संस्थागतरुपमा गुटबन्दी र अराजकता भित्रिएको उल्लेख छ। माधव नेपालले नयाँ पार्टी बनाएर गएपनि एमालेभित्रको अराजकता र गुटबन्दीको अन्त्य नभएको बताइएको छ। ‘माओवादी आन्दोलनमा हुर्किएको संगठनात्मक अराजकता नेकपाभित्रको समूहबन्दीमा हुने र पार्टी आन्दोलन नै संकटमा पर्ने अवस्था सिर्जना भयो’ संगनात्मक प्रतिवेदनमा उल्ेलख गरिएको छ, ‘माधव नेपालको नेतृत्वमा एउटा समूह बाहिरिए पनि संगठनात्मक अराजकता र गुठबन्दीको समस्या स्वतः अन्त्य हुने छैन।’

पार्टीमा भित्रिएको अराजकता र गुटबन्दी अन्त्यका लागि वैचारिक अभियान सुरुवात गर्नु पर्ने प्रतिवेदनमा उल्लेख छ। कम्न्यूनिष्ट पार्टीका नेता, कार्यकर्ताको आर्दश जीवन शैली हराउँदै गएको चिन्ता प्रकट गरिएको छ। जीवन शैली र आचरणले नै कम्यूनिष्ट नेता, कार्यकर्ता छुटिने विगतको अवस्थाबाट नेता विमुख भइरहेको बताइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)