बोस्चले नेपालमा पहिलो ब्रान्ड स्टोर सञ्चालनमा ल्यायो, लक्ष्मी ग्रुपसँगको सहकार्य थप मजबुत
makalukhabar.com · Tue Jun 23 06:17:40 GMT 2026

काठमाडौँ| 'बीएसएच हाउसगेरेटे जीएमबीएचको' सहायक कम्पनी तथा होम अप्लायन्स उद्योगको विश्वव्यापी अग्रणी कम्पनी 'बीएसएच होम अप्लायन्सेस प्रा. लि.' ले आज दक्षिण एशियामा आफ्नो वृद्धि यात्राको एक महत्वपूर्ण उपलब्धिका रूपमा नेपालमा पहिलो 'बोश ब्रान्ड स्टोर' सञ्चालनमा ल्याएको घोषणा गरेको छ। यो सञ्चालन नेपालको प्रतिष्ठित तथा विविध व्यावसायिक समूह लक्ष्मी ग्रुपसँगको सहकार्यमा गरिएको हो।
ललितपुरको प्रमुख व्यावसायिक क्षेत्र जावलाखेलमा अवस्थित नयाँ बोश ब्रान्ड स्टोर ले उपभोक्ताहरूलाई रेफ्रिजेरेसन, लन्ड्री, डिशवाशिङ, फुड प्रिपरेसन र बिल्ट-इन किचन समाधानहरू समेटिएको बोश को प्रिमियम होम अप्लायन्स पोर्टफोलियो प्रत्यक्ष अनुभव गर्ने अवसर प्रदान गर्नेछ। यस स्टोरले बोश को विश्वभर परिचित जर्मन इन्जिनियरिङ र प्राविधिक उत्कृष्टतालाई नेपाली उपभोक्तामाझ अझ नजिक ल्याउनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)