मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपाको नयाँ तालिका : बन्दसत्र २ बजेबाट

nepalpress.com · Tue Jun 23 06:18:13 GMT 2026

काठमाडौं । रास्वपाको जारी महाधिवेशनमा बन्द सत्रको नयाँ कार्यतालिका सार्वजनिक भएको छ । आज दिउँसो २ बजेबाट सुरु गर्ने गरी नयाँ कार्यतालिका ल्याएको हो ।

हिजो बिहान सुरू गर्ने भनिए पनि महाधिवेशन प्रतिनिधि संख्याबारे निर्णय हुन नसकेपछि ढिलाइ भएको थियो । बन्दसत्रमा सभापति रवि लामिछानेले राजनीतिक, महामन्त्री कवीन्द्र बुर्लाकोटीले सांगठानिक, उपसभापति स्वर्णिम वाग्लेले अर्थ राजनीतिक प्रस्ताव पेश गर्ने कार्यसूची छ । यस्तै अनुशासन आयोग र पार्टीको वित्तीय प्रतिवेदनसमेत पेश हुनेछ।

बेलुका ६:४५ बजे बन्दसत्र सकेपछि निर्वाचन प्रक्रिया सुरु हुने जनाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)

सम्बन्धित विषय