पहिलोपल्ट मतदान गर्दै कैदीबन्दी
ekantipur.com · Wed Aug 24 00:38:31 GMT 2022
काठमाडौँ — प्रतिनिधिसभा र प्रदेशसभाको आसन्न निर्वाचनमा २६ हजारभन्दा बढी कैदीबन्दीले मतदान गर्न पाउने भएका छन् । विभिन्न कसुरमा अदालतबाट दोषी ठहर भई सजाय भुक्तानरत, मुद्दाको किनारा नलागी पुर्पक्षमा रहेका तथा बिगो/जरिवाना तथा धरौटी तिर्न नसकी थुनामै रहेका गरी कुल २६ हजार १ सय २९ कैदीबन्दीले समानुपातिकतर्फ मतदान गर्न पाउने भएका हुन् ।
उनीहरूले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फ मतदान गर्न पाउने छन् । यसअघिका निर्वाचनमा खटिएका कर्मचारीले मात्रै समानुपातिक मतदानमा भाग लिन पाउँथे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)