फ्रान्समा दक्षिणपन्थी लहर, उग्र–दक्षिणपन्थी नेत्री म्यारिन लेपेन सबैभन्दा अगाडि
barnanmedia.com · Tue Sep 15 05:20:53 GMT 2026

काठमाडौं । युरोपका अधिकांश मुलुकमा जस्तै फ्रान्समा पनि दक्षिणपन्थी राजनीतिक लहर बलियो हुँदै गएको देखिएको छ । सन् २०२७ मा राष्ट्रपति इमानुएल म्याक्रोँको कार्यकाल सकिँदै छ ।
सोमबार सार्वजनिक गरिएको एक सर्वेक्षणले अबको राष्ट्रपति निर्वाचनको दौडमा उग्र–दक्षिणपन्थी नेत्री म्यारिन लेपेन सबैभन्दा अगाडि रहेको देखाएको छ । सेप्टेम्बर ८ देखि १० सम्म गरिएको सर्वेक्षणका अधिकांश परिदृश्यमा कट्टर–वामपन्थी नेता जाँ–लुक मेलानसोँ दोस्रो स्थानमा देखिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)