मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक

nepalnews.com · Tue Jun 23 06:26:36 GMT 2026

काठमाडौँ। नेकपा एमालेले एकै दिन संसदीय दल र सचिवालयको बैठक बोलाएको छ।

दिउँसो २ बजे पार्टी कार्यालय च्यासलमा संसदीय दलको बैठक बस्नेछ। त्यस्तै साँझ ६ बजे ओली निवास गुण्डुमा सचिवालय बैठक बस्नेछ।

बैठकमा सममसामयिक राजनीतिक घटनाक्रमसँगै उपाध्यक्ष विष्णु पौडेलको पक्राउपछि उत्पन्न परिस्थिति र पार्टीको आगामी रणनीतिबारे छलफल हुने बताइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)