रौतहटकी असई रागनी भइन् सर्वोत्कृष्ट प्रहरी
ekantipur.com · Sun Nov 30 18:03:19 GMT 2025

रौतहट — जिल्ला प्रहरी कार्यालय रौतहटस्थित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र गौरमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रागनीकुमारी यादव देशभरकै सर्वोत्कृष्ट प्रहरी घोषित भएकी छन् । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा प्रहरीे प्रधान कार्यालयले देशभरका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रहरूमा कार्यरत कर्मचारीमध्ये प्रसनि रागनीलाई सर्वोत्कृष्टसहित प्रथम चयन गरेको हो ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पूर्ण व्यावसायिक तरिकाले कार्य सम्पादन गरी लैङ्गिक हिंसा न्यूनीकरण एवं लैङ्गिक उत्तरदायी प्रहरी सेवा प्रवाहमा उत्कृष्ट कार्य सम्पादन, उल्लेखनीय योगदान तथा प्रेरणादायी भूमिकाको कदर गर्दै आइतबार प्रसनि रागनीलाई ४० हजार रुपैयाँसहित प्रशंसापत्र प्रदान गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)