विष्णु पौडेलको पक्राउले गरेको संकेत
ajakoartha.com · Tue Jun 23 06:26:00 GMT 2026

काठमाडौं -
नेकपा (एमाले) का उपाध्यक्ष समेत रहेका पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलको गिरफ्तारीले यतिबेला राजनीतिक वृत्तमा ठूलो हलचल ल्याएको छ । उनलाई सम्पत्ति शुद्धीकरण विभागको आग्रहमा पक्राउ गरेको बुझिएको छ । दुई तिहाई सरकारको शक्ति प्रदर्शन गर्न थालेको विपक्षी नेताहरुले अनुभूत गर्न बाध्य भएका छन् । पौडेललाई जुन तरिकाले नियन्त्रणमा लिइयो यसले नै सरकार पुराना दलहरुप्रति निकै कठोर रुपमा प्रस्तुत हुने संकेत गरेको छ । पौडेललाई काठमाडौंमा नै पक्राउ गर्न सकिन्थ्यो । वा उनलाई सम्पत्ति शुद्धीकरण विभागले आफ्नै कार्यालयमा बोलाएर बयान लिन सक्थ्यो । सम्पूर्ण अनुसन्धान पुरा गरेर आवश्यक परे पक्राउ गरे मुद्धा चलाउन सकिन्थ्यो । तर यी सबै विकल्पहरुलाई लत्याएर पार्टीको आन्तरिक कार्यक्रमबाट पक्राउ गरियो । यसले राज्यसंयन्त्रहरु तटस्थ रहेका छैनन् भन्ने पनि संकेत गर्दछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)