हुलाकी सडकको पीडा : चार किलोमिटरका लागि चार पटक ठेक्का
gorkhapatraonline.com · Tue Sep 15 05:40:22 GMT 2026

हुलाकी सडक अन्तर्गत बाराको कलैया बजार क्षेत्रमा पर्ने करिब चार किलोमिटर सडक निर्माण सुरु भएको १६ वर्ष भयो तर निर्माण प्रक्रियामै अल्झिएको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्गको मानमतदेखि भारतसँगको सीमा जोडिएको मटिअर्वासम्मको यो सडक निर्माणका लागि पटक पटक ठेक्का लागे पनि काम पूरा हुन नसकेपछि अहिले चौथो पटक ठेक्का आह्वान गर्ने प्रक्रिया अघि बढाइएको हो ।
मानमत–कलैया–मटिअर्वा हुलाकी सडकखण्ड करिब २७ किलोमिटर लामो छ । यसका अधिकांश भागमा दुई लेनको कालोपत्रे सडक निर्माण भइसके पनि कलैया बजार क्षेत्रको करिब चार किलोमिटर सडक अझै अधुरो छ । हुलाकी सडक आयोजना कार्यालय वीरगन्जका अनुसार अधुरो खण्डमध्ये कलैयाको संस्कार एफएमदेखि दुर्गा स्कुल अगाडिसम्मको सडकलाई चार लेनमा विस्तार गर्ने तयारी छ । आयोजनाले अधुरो सडक निर्माणका लागि नयाँ लागत अनुमानसमेत तयार गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)