ऊर्जा उद्यमी बटु लामिछाने उद्योग वाणिज्य महासंघको ऊर्जा समिति सभापतिमा मनोनित
corporatenepal.com · Tue Sep 15 05:38:35 GMT 2026

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले कार्यकारिणी समिति सदस्य बटु लामिछानेलाई नवीकरणीय एवं ऊर्जा समितिको सभापतिमा मनोनयन गरेको छ।
महासंघको बैठकले विधानको दफा ३७ बमोजिम लामिछानेलाई समितिको सभापतिमा मनोनयन गरेको हो । महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले महासंघको छवि तथा प्रतिष्ठालाई अझ बढी सशक्त रूपमा अघि बढाउन नवीकरणीय एवं ऊर्जा समितिले जिम्मेवारीपूर्वक काम गर्ने विश्वास व्यक्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)