गागन खोलाको निर्माणाधीन पुल नजिक सडक भासिँदा हुलाकी राजमार्ग अवरुद्ध
onlinekhabar.com · Tue Jun 23 06:33:28 GMT 2026

९ असार, सिरहा । सिरहाको औरही गाउँपालिका-५ स्थित गागन खोलाको निर्माणाधीन पुल भासिँदा हुलाकी राजमार्ग अवरुद्ध भएको छ । सडक भासिएसँगै दुर्घटनाको जोखिम बढेपछि अहिले सवारीसाधनलाई वैकल्पिक मार्गबाट सञ्चालन गरिएको छ ।
स्थानीयका अनुसार पुरानो पुलको छेउमा नयाँ पुल निर्माणका क्रममा जथाभावी माटो उत्खनन गरेका कारण सडक भासिएको हो । वर्षाले तीव्र कटान गर्दा सडकको भित्री भाग पूर्ण रूपमा खोक्रो बनेर सडक भासिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)