भोजपुरमा विकराल बन्दै बाँदर आतंक
annapurnapost.com · Tue Jun 23 06:31:08 GMT 2026

भोजपुर : एकातिर महँगो मल, बिउको समस्या छ, अर्कोतिर बाँदरको आतंक। बाँदरको बिगबिगीले अन्नबाली जोगाउन किसानहरू दिनरात खेतबारी रुँघ्नुपर्ने बाध्यता छ। बाँदरले दुःख दिन थालेपछि यतिबेला किसानलाई खेतबारीमा लगाएको मकैबाली जोगाउन मुख्य समस्या बनेको छ। बाँदर समस्याको कुनै उचित विकल्प नहुँदा बाँदरको बढ्दो उपद्रवले किसानहरू सास्ती खेप्न बाध्य भएका छन्।
भोजपुरका ग्रामीण भेगमा अहिले मकै, कोदो, आलु, तरकारी तथा फलफूल खेती गर्ने किसान सबैभन्दा बढी बाँदरबाट पीडित छन्। बिहानदेखि साँझसम्म खेतबारी कुरेर बस्नुपर्ने बाध्यता छ। बाँदरको केही मिनेटको लापरबाहीले महिनौंको मेहनत सखाप हुने अवस्था छ। भोजपुर नगरपालिका— ५, बोखिमकी स्थानीय विष्णु राईका अनुसार बाँदरको ठूलो हुल बारीमा पसेपछि मकैबाली खाएरमात्र होइन, नष्ट गरेर जाने गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)