संखुवासभा र ताप्लेजुङमा पहिरो : खाँदबारी-किमाथाङका सडक अवरुद्ध, केही घरमा क्षति
nepalpress.com · Tue Jun 23 06:38:05 GMT 2026

विराटनगर । अविरल वर्षासँगै खसेको पहिरोले संखुवासभा र ताप्लेजुङमा क्षति पुगेको छ । यहाँका ग्रामीण सडकहरू अवरुद्ध हुनाका साथै जलविदुत आयोजनामा क्षति पुगेको छ । केही घरमा समेत क्षति पुगेको प्रदेश प्रहरीले जनाएको छ ।
संखुवासभाको खाँदबारी-किमाथाङ्का सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । भोटखोला गाउँपालिका-३ स्याबुङ क्षेत्रमा पहिरोले कोशी सडक आयोजनाअन्तर्गत छोङराङ आसपासको सडक सोमबार साँझदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)