कर तिरेको प्रमाण देखाउनु बाध्यकारी छैन तर, देखाउँदैछन् बेलायती राजा चार्ल्स
shilapatra.com · Tue Jun 23 06:27:00 GMT 2026

बेलायती राजालाई धेरै कुरामा कर लाग्दैन । बेलायती राजाले आफूले तिरेको करको विवरण सार्वजनिक गर्नुपर्ने बाध्यता पनि छैन । तर, वर्तमान बेलायती राजा चार्ल्स तृतीयले भने कर तिरेको विवरण सार्वजनिक गर्ने भएका छन् ।
उसो त उनले राजा बन्ने रोलक्रममा हुँदा नै कर तिरिरहेका थिए । उनी कर तिर्ने र कर तिरेको सार्वजनिक गर्ने प्रथम बेलायती राजा भएको फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ ।
एएफपीका अनुसार राजाले कसैको दबाबले नभएर आफ्नै चाहानाले कर तिरेको विवरण सार्वजनिक गर्न लागेका हुन् । तर, यत्ति हुँदा पनि गणतन्त्र पक्षधर बेलायती बेखुस छन् ।
रिपब्लिक नामक गणतन्त्र पक्षधर एक समूहका अगुवा ग्राम स्मिथले भनेका छन्, ‘धेरै कर तिरेको भन्दै हल्लाखल्ला गर्न यस्तो गरिएको हो । तर, प्रश्न यो हो कि राजाको आम्दानी यत्रो धेरै किन छ ?’
बेलायती राजालाई बेलायत सरकारले वर्षमा १७ करोड ५० लाख अमेरिकी डलरको बजेट आर्थिक वर्ष सन् २०२५/२६ मा दिएको एएफपीले उल्लेख गरेको छ ।
प्रकाशित मिति: मंगलबार, असार ९, २०८३
१२:१२
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)