बुद्ध परिपथ विकासको ढोका खुला
nagariknews.nagariknetwork.com · Sat May 30 11:07:47 GMT 2026

लुम्बिनी क्षेत्रको बृहत्तर विकास योजनाकालागि ग्रेटर लुम्बिनी क्षेत्र विकास परियोजना’ अन्र्तगत पूर्वाधार सुधार कार्यक्रमको चार पालिकाले बितीय सम्झौता गरेका छन । यससँगै लुम्बिनीको बृहत्तर विकासकालागि कपिलवस्तु, रुपन्देही र नपलपरासीमा रहको बुद्धस्थलको विकासकालागि बाटो खुला भएको छ ।
ग्रेटर लुम्बिनी क्षेत्र विकास परियोजना (जिएलएडी) अन्तर्गत पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभाग (डियुडिबिसी) र बुद्ध परिपथ क्षेत्रका चार नगरपालिका बीच सम्झौता सम्पन्न भएको हो । बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तु, रुपन्देही र नवलपरासी (बसुप) जिल्ला समेट्ने गरी प्रस्ताव गरिएको ‘ग्रेटर लुम्बिनी क्षेत्र विकास परियोजना’ अन्र्तगत पूर्वाधार सुधार कार्यक्रम संचालन गर्ने सम्झौता गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)