इन्द्रजात्राका लागि लिङ्गो ल्याइँदै
gorkhapatraonline.com · Tue Sep 15 05:51:37 GMT 2026

काठमाडौँको ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राका लागि आवश्यक लिङ्गो ल्याउने तयारी गरिएको छ। इन्द्रजात्रामा विधिपूर्वक ठड्याइने लिङ्गोका लागि आवश्यक काठ परम्पराअनुसार छनोट गरी काठमाडौँ ल्याउन लागिएको हो। भक्तपुरको चित्तपोल वनबाट इन्द्रध्वजाको लिङ्गो उठाउन रुख काट्ने परम्परा रहिआएको छ ।
इन्द्रजात्राको मुख्य आकर्षणका रूपमा रहेको लिङ्गो हनुमानढोका दरबार क्षेत्रस्थितमा ठड्याइने गरिन्छ। लिङ्गो ठड्याएसँगै इन्द्रजात्राका विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधि सुरु हुने गर्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)