रिलायन्स स्पिनिङ मिल्सद्वारा ३० प्रतिशत लाभांश वितरण घोषणा
baahrakhari.com · Tue Sep 15 05:55:26 GMT 2026

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले ३० प्रतिशत नगद लाभांश (करसहित) प्रदान गर्ने भएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले गरेको उक्त निर्णय आगामी असोज २२ गते बस्ने साधारणसभाबाट अनुमोदन भएपछि वितरण हुनेछ ।
एक अर्ब ९० करोड रुपैयाँ चुक्ता पुँजी रहेको रिलायन्सले ३० प्रतिशतको दरले हुन आउने ५७ करोड रुपैयाँ वितरण गर्नेछ । सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण समेत पारित गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)