मानव अधिकार आयोगले स्ववियू निर्वाचनको अनुगमन गर्ने
ratopati.com · Mon Mar 17 17:49:00 GMT 2025

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियू० निर्वाचनको अनुगमन गर्ने भएको छ । आयोगले निर्वाचन अनुगमनका लागि केन्द्रीय कार्यालय, प्रदेश तथा प्रदेश शाखा कार्यालयबाट टोली गठन गरी अनुगमन गर्ने तयारी गरेको हो ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आयोगले स्ववियु निर्वाचनको अनुगमन गर्ने बताउँदै त्यसका लागि टोली गठन गरिसकेको जानकारी दिए । आयोगले विगतदेखि शान्ति, सुरक्षा तथा मानव अधिकारको दृष्टिकोणले निर्वाचनकोे अनुगमन गर्दै आइरहेको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा चैत ५ गते स्ववियू निर्वाचन हुँदैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)