सुनचाँदीको मूल्य घट्यो
nepalsamaya.com · Tue Jun 23 06:45:36 GMT 2026

काठमाडौं- सोमबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ। सुन प्रतितोला रु एक हजार ६०० ले घटेको छ भने चाँदी रु १४० ले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु दुई लाख ८७ हजार १०० र चाँदीको मोल रु चार हजार ५९० निर्धारण भएको छ।
हिजो सोमबार एक तोला सुन रु दुई लाख ८८ हजार ७०० मा कारोबार भएको थियो भने एक तोला चाँदी रु चार हजार ७३० मा खरिदबिक्री भएको थियो।
त्यसैगरी, गत आइतबार एक तोला सुन रु दुई लाख ८७ हजार ३०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ६९० मा किनबेच भएको थियो।
अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔँस सुन चार हजार ११९ अमेरिकी डलरमा खरिद बिक्री भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)