मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सङ्खुवासभामा आगलागी हुँदा चार लाख बराबरको क्षति

kendrabindu.com · Sat May 30 11:16:47 GMT 2026

किमाथाङ्का (सङ्खुवासभा) । जिल्लाको धर्मदेवी नगरपालिका–१ पाँचखाल तामाङ टोलमा आगलागी हुँदा रु चार लाख बराबरको धनमालको क्षति भएको छ । धर्मदेवी-१ तामाङ टोलमा गए राति स्थानीय राजु तामाङको घरमा आगो लाग्दा रु चार लाख बराबरको धनमाल जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक धनबहादुर राजवंशीले आगलागीबाट ढुङ्गा, माटो र काठले बनेको एक तले घर जलेर पूर्ण रूपमा नष्ट भएको बताउँदै करिब रु चार लाख बराबरको क्षति भएको जानकारी दिए । उनका अनुसार अन्नपात, लत्ताकपडा र महत्त्वपूर्ण कागजातसमेत जलेर नष्ट भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)