मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपा महाधिवेशन : बन्दसत्र १:४५ बजेबाट सुरु हुने

himalpress.com · Tue Jun 23 06:51:40 GMT 2026

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनमा जारी प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु हुने समयबारे नयाँ सूचना जारी गरेको छ।

महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार प्रतिनिधि व्यवस्थापन उपसमिति र निर्वाचन आयोगबाट प्रतिनिधि परिचयपत्रको डिजिटल प्रिन्ट प्रक्रिया पूरा हुन समय लाग्ने देखिएपछि वैकल्पिक व्यवस्था गरिएको हो।

उनका अनुसार पार्टी सभापति, पदाधिकारी, निर्वाचन आयोग तथा प्रतिनिधि व्यवस्थापन उपसमितिको परामर्शपछि प्रतिनिधि दर्ताका लागि अस्थायी परिचयपत्र (कुपन) प्रयोग गर्ने निर्णय गरिएको छ। सोहीअनुसार आज बिहान १० बजेदेखि प्रतिनिधि दर्ता खुला गरिएको उनले जानकारी दिए।

महाधिवेशनको बन्दसत्र आज दिउँसो १:४५ बजेबाट निर्धारित स्थलमै सुरु हुने तय गरिएको छ। महामन्त्री बुर्लाकोटीले सबै केन्द्रीय सदस्य, सांसद तथा महाधिवेशन प्रतिनिधिहरूलाई समयमै उपस्थित हुन अनुरोध गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)