मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

प्रधानमन्त्री कप क्रिकेट : त्रिभुवन आर्मी क्लब तीन विकेटले विजयी

baahrakhari.com · Mon Mar 17 17:57:23 GMT 2025

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब तीन विकेटले विजयी भएको छ । योसँगै प्रतियोगितामा अविजित रहँदै आर्मीले पाँचवटै खेल जितेको हो ।

सशस्त्र प्रहरी क्लबले दिएको १४२ रन पछ्याएको आर्मीले ४२ दशमलव पाँच ओभरमा सात विकेट गुमाउँदै उक्त लक्ष्य प्राप्त गरेको थियो । आर्मीका लागि कुशल मल्ल र सोमपाल कामी क्रिजमा टिकेर खेलेपछि उसको जित सुनिश्चित भएको हो । आक्रमक मानिने कुशलले आज निकै सम्हालिएर खेलेका थिए । उनले ५९ बलको सामना गर्दै चार चौका र एक छक्काको सहयोगमा अविजित ३१ रन बनाए । सोमपालले पनि ५१ बलको सामना गर्दै १ चौकाको सहयोगमा अविजित २२ रन बनाए । यसअघि ब्याटिङ गर्दै विवेक यादवले २६, वसिर अहमदले १३ र ईमरान शेषले ११ रन बनाए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)