‘बेहुली’को दोस्रो शृङ्खला ल्याउने निर्माताको घोषणा
nagariknews.nagariknetwork.com · Tue Sep 15 05:36:34 GMT 2026

हरितालिका तीजको अवसरमा प्रदर्शनमा रहेको चलचित्र ‘बेहुली’ले देशभर डेढ सय शो पाएको छ। यसले तीजको दिन मात्रै ७० देखि ८० लाख रुपैयाँ ग्रस कमाइ गर्ने अनुमान वितरक गोविन्द शाहीले जनाएका छन्।
चर्चित तथा लोकप्रिय सङ्गीतकारबाट यसै चलचित्रमार्फत पहिलो पटक निर्माता बनेका अर्जुन पोखरेलले स्वतन्त्र रूपमा सङ्गीत सिर्जना गर्नुभन्दा चलचित्र निर्माणमा आउँदा आर्थिक लगानीको ठूलो दबाब महसुस भएको बताएका छन्। यद्यपि, दर्शकबाट पाएको अपार माया र ९० प्रतिशत सकारात्मक प्रतिक्रियाले आफूलाई थप उत्साहित बनाएको उनले सुनाए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)