डा. सुनील शर्माद्वारा तीजको दिन चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण हुँदै
kendrabindu.com · Tue Sep 15 06:02:33 GMT 2026

काठमाडौं । गिरिजाप्रसाद कोइराला फाउन्डेसनका नवनियुक्त अध्यक्ष तथा नेपाली कांग्रेसका नेता डा. सुनील शर्माले मिर्गौला फेल भएर आर्थिक अभावका कारण उपचारमा समस्या भोगिरहेकी विदुर नगरपालिका–३ की २४ वर्षीया विनिता माझीको काठमाडौं मेडिकल कलेज (केएमसी) मा निःशुल्क उपचारसहित मिर्गौला प्रत्यारोपण गरिदिने घोषणा गरेका छन्।
स्नातक अध्ययनरत माझी आर्थिक अवस्था कमजोर भएकै कारण साथीहरूले सहयोग जुटाएर १५ दिनदेखि त्रिवि शिक्षण अस्पतालमा उपचाररत थिइन्। त्यहाँ उपचारलाई निरन्तरता दिन कठिन भएपछि माझीकी साथी दामु शेर्पाले नेपाल विद्यार्थी संघकी राष्ट्रिय अध्यक्ष करुणा कटुवाललाई जानकारी गराएकी थिइन्। कटुवालले माझीको उपचारका लागि सहयोग मागेपछि शर्माले तीजको दिन उनलाई त्रिविबाट आफ्नो अस्पतालमा ल्याई निःशुल्क उपचारको जिम्मा लिने घोषणा गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)