गोरलोभकामा युक्रेनको ड्रोन आक्रमण, १८ जना नागरिक घाइते
onlinekhabar.com · Tue Jun 23 06:53:56 GMT 2026

युक्रेनको ड्रोन आक्रमणमा परी एक किशोरसहित १८ जना घाइते भएका छन्। डोनेट्स्क पिपुल्स रिपब्लिक (डीपीआर) का प्रमुख डेनिस पुसिलिनले सामाजिक सञ्जालमार्फत् सो कुराको जानकारी दिएका हुन्।
युक्रेनले गोरलोभकामा एउटा यात्रुवाहक बसमा आक्रमण गरेको थियो। त्यस आक्रमणमा सन् २००८ मा जन्मेका एक किशोर घाइते भएका छन्। साथै, तीन जना पुरुष र ११ जना महिला पनि घाइते भएका छन्।
राति भएको ड्रोन आक्रमणका कारण लागेको आगो निभाउने क्रममा एक जना उद्धारकर्मी घाइते भएका छन्। ती घाइते व्यक्ति रुसी आपतकालीन मन्त्रालयका कर्मचारी हुन्। गोरलोभकाको मध्य भागमा अन्य दुई जना पुरुष पनि घाइते भएका छन्।
यस आक्रमणबाट नागरिकका चार वटा पूर्वाधार संरचनामा क्षति पुगेको छ। पुशिलिनका अनुसार, गोरलोभका र यासिनोभातायामा एउटा बस, उद्धारकर्मीका गाडीहरू र ट्रकहरूमा पनि क्षति पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)