पद लिप्साले थिलथिलिएको सुदूरपश्चिम
ekantipur.com · Fri Mar 29 16:56:34 UTC 2024

धनगढी — चैत १५ गते प्रदेश नीति तथा योजना आयोगले आगामी आर्थिक वर्षका लागि तयार गर्ने बजेटको स्रोत अनुमानको प्रतिवेदन आर्थिक मामिला मन्त्रीलाई बुझाउने दिन हो । तर बिहीबार त्यो काम हुन सकेन । किनकि आर्थिक मामिला मन्त्री घनश्याम चौधरी आफ्नै पद रहने या नरहने भन्नेमा ढुक्क नभएकाले मन्त्रालयको कामकाज उनको प्राथमिकतामा छैन ।