मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बीउ उत्पादन र प्रमाणीकरणका लागि तालिम

ekantipur.com · Sun Nov 30 18:38:56 GMT 2025

डडेल्धुरा — डडेल्धुरामा खाद्यबालीको बीउ उत्पादन र प्रमाणीकरण प्रक्रियालाई व्यवस्थित बनाउन किसान तथा व्यापारीलाई तीनदिने तालिम दिइएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ डडेल्धुराले आयोजना गरेको तालिम आइतबार सम्पन्न भएको हो । तालिममा किसान, एग्रोभेट सञ्चालक तथा प्राविधिक सहभागी थिए ।

जिल्लामा आलुसहित विभिन्न खाद्यबालीका बीउ उत्पादन हुँदै आए पनि विगतमा गुणस्तर परीक्षण र कानुनी प्रमाणीकरण नगरी नै बिक्री वितरण हुँदै आएको थियो । ‘अबदेखि बीउ कानुनी तथा वैज्ञानिक मापदण्ड पूरा गरेर मात्र कारोबार गर्न सकियोस् भन्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो,’ कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत पीताम्बर बस्नेतले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)