मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पाल्हीनन्दनकी उपाध्यक्षको पद गयो, लुम्बिनीका मन्त्रीसहित पाँच जनप्रतिनिधि कारबाहीको सूचीमा

annapurnapost.com · Tue Jun 23 06:59:13 GMT 2026

परासी : पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष फातुमा खातुन अन्सारीको पद गएको छ । निर्वाचन आयोगले उनको पद रिक्त भएको सूचना आजको गोरखापत्रमा निकालेर जनाएको हो ।

आयोगले राजनीतिक दलसम्बन्धी कानुन तथा नियमावलीअनुसार सम्बन्धित दलबाट प्राप्त जानकारी र निर्णयका आधारमा निर्वाचित पद स्वतः रिक्त भएको जनाएको हो । फातुमा २०७९ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएकी हुन् । गत प्रतिनिधिसभा निर्वाचनमा उनले आफ्ना दलका उम्मेदवारलाई हराउनका लागि अन्य दलका उम्मेदवारलाई भोट मागेको भन्दै पार्टीको जिल्ला अनुशासन समितिले कारबाहीका लागि निर्वाचन आयोगमा सिफारिस गरिदिन केन्द्रमा पत्र पठाएको थियो । केन्द्रको निर्णयअनुसार आयोगले उनको पद रिक्त भएको जनाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)