काठमाडौं टिम च्याम्पियन
newsofnepal.com · Tue Jun 23 07:04:54 GMT 2026

काठमाडौं, (नेस)।
काठमाडौं जिल्ला तेश्रो बागमती प्रदेश खेलकुदअन्तर्गत जुडोमा सोमबार टिम च्याम्पियन बनेको छ । काठमाडौंले ४ स्वर्ण, १ रजत र ३ कांस्य जित्यो । नयाँ बजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्र (एमएमएसी) मा भएको प्रतियोगितामा ४ स्वर्ण र ४ कांस्यसाथ रामेछाप दोश्रो भयो । तेश्रो स्थानको ललितपुरले २ स्वर्ण, ३ रजत र ४ कांस्य हात पा¥यो । १३ स्वर्णका लागि प्रतिस्पर्धा भएको प्रतियोगितामा रसुवा, काभ्रेपलान्चोक र मकवानपुरले समान १–१ स्वर्ण प्राप्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)
काठमाडौँ