धनुषामा अपहरित १५ महिने बालकको ११ दिनपछि सकुशल उद्धार, एक महिला पक्राउ
onlinekhabar.com · Tue Sep 15 06:13:19 GMT 2026

३० भदौ, जनकपुरधाम । धनुषाको विदेह नगरपालिका–६ तीनकोरियाबाट हराएका १५ महिनाका बालकको ११ दिनपछि प्रहरीले सकुशल उद्धार गरेको छ । बालकलाई अपहरण गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता ओमप्रकाश खनालका अनुसार कमलेश महतोका १५ महिनाका छोरा सिधान्त महतो भदौ १८ गते अपराह्न करिब ४ः४० बजे आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा हराएका थिए । बालक हराएको सूचना प्राप्त भएपछि प्रहरी चौकी गिद्धाबाट टोली परिचालन गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)