मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै भोजपुरका किसान

reportersnepal.com · Tue Sep 15 06:23:28 GMT 2026

भोजपुर, ३० भदौ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ खावाका किसान व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षित हुँदै गएका छन् ।

परम्परागत अन्नबालीबाट सीमित आम्दानी हुने भएपछि कृषकले सुन्तलाखेतीलाई वैकल्पिक तथा दिगो आम्दानीको स्रोतका रूपमा अपनाउन थालेका हुन् । केही वर्षअघिसम्म सामान्य घरायसी प्रयोजनका लागि मात्रै सीमित रहेको सुन्तलाखेती अहिले व्यावसायिक रूपमा विस्तार हुँदै गएको छ । गाउँका धेरै किसानले आफ्नो खाली तथा कम उपयोगमा आएका जमिनलाई व्यवस्थित रूपमा उपयोग गर्दै सुन्तला बगैँचा विस्तार गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)