मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

किन ल्याइयो नागरिकता अध्यादेश ?

annapurnapost.com · Mon May 24 06:20:00 GMT 2021

काठमाडौं : नेपालको संविधानको धारा ११ मा जन्मसिद्ध नागरिकका सन्तानले वंशजको नागरिकता पाउने अधिकार दिएको छ। तर, बेलैमा कानुन नबन्दा त्यो प्राप्त हुन सकेको थिएन। त्यसलाई ध्यान दिएर सरकारले नागरिकतासम्बन्धी अध्यादेश ल्याएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट आइतबार संविधानको धारा ११४ (१) बमोजिम उक्त अध्यादेश जारी भएको हो। कानुनमन्त्री लीलानाथ श्रेष्ठका अनुसार यसले नागरिकतासम्बन्धी ‘अन्यायमा परेका’ ठूलो संख्यालाई राहत दिनेछ। संविधानअनुसार ऐन नबन्दा करिब ३५ हजार नागरिकताका निवेदन थन्किएका थिए। स्थानीय प्रशासनले ऐनअनुसार कारबाही गर्नुपर्ने भएकाले तिनले केही निर्णय दिन सकेका थिएनन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)