अवैध भेपसहित चार जना पक्राउ दुई गोदामबाट २ हजार ७७० थान विद्युतीय चुरोट बरामद
newsofnepal.com · Tue Sep 15 06:28:06 GMT 2026

काठमाडौं ।
काठमाडौं उपत्यकामा अवैध रूपमा भण्डारण तथा बिक्री वितरण भइरहेको विद्युतीय चुरोट (भेप) सहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङ घर भई काठमाडौं महानगरपालिका–७ चावहिल बस्ने ४५ वर्षीय पूर्णलाल श्रेष्ठ, चन्द्रागिरी नगरपालिका–१६ सतुङ्गलका २७ वर्षीय शुभम गुप्ता, रामेछाप घर भई काठमाडौं महानगरपालिका–३ बस्ने १९ वर्षीय राजन मोक्तान र काभ्रेको पाँचखाल–९ घर भई ललितपुर च्यासल बस्ने १९ वर्षीय सक्षम श्रेष्ठ रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)