संखुवासभाका ५० सुनचाँदी व्यवसायीलाई डिजिटल बोर्ड
ekantipur.com · Tue Feb 03 06:33:41 GMT 2026

संखुवासभा — संखुवासभा सुनचाँदी व्यवसायी संघले व्यवसायलाई डिजिटल प्रविधिसँग जोड्ने उद्देश्यसहित मंगलबार डिजिटल रेट बोर्ड वितरण गरेको छ ।
जिल्लाभरका ५० जना सुनचाँदी व्यवसायीहरूलाई संघमार्फत् डिजिटल बोर्ड वितरण गरिएको हो ।
सुनचाँदी व्यवसायी संघ, कोशी प्रदेशका अध्यक्ष रमेश रसाइलीले डिजिटल प्रविधिको प्रयोगले व्यवसायलाई पारदर्शी, विश्वासिलो र आधुनिक बनाउने बताए ।
जिल्ला अध्यक्ष जनक पौडेलीका अनुसार डिजिटल बोर्ड खरिदका लागि सुनचाँदी व्यवसायीहरूबाट करिब ५ लाख रुपैयाँ संकलन गरिएको थियो । बोर्ड खरिदमा खाँदबारी नगरपालिका–१ वडा कार्यालयले २५ प्रतिशत अनुदान सहयोग गरेको छ भने बाँकी रकम संखुवासभा सुनचाँदी व्यवसायी संघले व्यवस्थापन गरेको हो ।
डिजिटल रेट बोर्डको प्रयोगले सुनचाँदीको दैनिक मूल्य सहज रूपमा सार्वजनिक हुने, ग्राहकमा विश्वास बढ्ने र व्यवसाय थप व्यवस्थित हुने उनले बताए ।
प्रकाशित : माघ २०, २०८२ १२:१८
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)