उत्तरगंगा जलविद्युत् आयोजना आगामी आवदेखि निर्माण गरिने
shilapatra.com · Sat May 30 11:44:00 GMT 2026

सरकारले बहुप्रतिक्षित बागलुङको उत्तरगंगा जलाशययुक्त परियोजनासहित पाँच वटा जलविद्युत् आयोजनालाई ठेक्कामा लैजाने भएको छ । आगामी आर्थिक वर्ष २०८३–८४ को लागि ल्याएको बजेट वक्तव्यमा सरकारले बागलुङको उत्तरगंगा जलाशययुक्त ८२८ मेगावाट परियोजना ठेक्कामा लैजाने उल्लेख गरेको हो ।
सरकारले २१ खर्ब २४ अर्ब बजेट सार्वजनिक गर्दै ऊर्जा उत्पादन, प्रसारण र वितरण लाइन निर्माणका लागि ८५ अर्ब ५४ करोड रकम विनियोजन गरिएको अर्थमन्त्री स्वर्णिम वाग्लेले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)