शुक्लागण्डकीको बजेट एक अर्ब १३ करोडभन्दा बढी
gorkhapatraonline.com · Tue Jun 23 07:23:10 GMT 2026

तनहुँको शुक्लागण्डकी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि एक अर्ब १३ करोड ५४ लाख ४९ हजार रुपियाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। नगरपालिकाले विकास निर्माण, सामाजिक क्षेत्र र सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको जनाएको छ।
नगरपालिकाको १९ औँ नगर अधिवेशन तथा नगर सभामा सोमबार उपप्रमुख खुमबहादुर विकले उक्त बजेट प्रस्तुत गर्नुभएको हो । प्रस्तुत बजेटअनुसार पूर्वाधार विकासतर्फ तीन करोड ५१ लाख ७८ हजार रुपियाँ, सामाजिक विकासतर्फ तीन करोड ४२ लाख ५२ हजार रुपियाँ र आर्थिक विकासतर्फ ९२ लाख ५७ हजार रुपियाँ विनियोजन गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)